उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

२७ जेठ ७५, सोमबार

महोत्तरी, जेठ २८

उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको हो ।

Advertisement

मन्त्री यादवले किसानको समस्या समाधानका लागि उक्त अवधिमा आफू पूर्णरुपमा प्रयारत रहने र सो समयमा भुक्तानी दिलाउन नसके आफू स्वयं किसानको पक्षमा धर्नामा बस्ने बताएपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरिएको हो ।

धर्नास्थलमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री यादवले भने, “रकम भुक्तानीको समस्यालाई तत्काल समाधान गर्नेछौँ, त्यसपछि उखु किसानको समस्याको स्थायी पहल उखु विकास बोर्डमार्फत् गर्नेछ ।

मन्त्रीको आश्वासनपछि २२ दिनदेखि जारी धर्ना कार्यक्रम स्थगित भएको छ । मिलको विभिन्न गेटमा किसानले लगाएको तालाबन्दी भने जारी नै रहेको उखु उत्पादक कृषक संघ महोत्तरीका पूर्वअध्यक्ष महाशंकर थिङले बताए।

नेपाल सरकारका उद्योगमन्त्रीले नै स्वयं धर्नास्थलमा आएर प्रतिबद्धता जनाएपछि आफूहरुले तत्कालका लागि धर्ना स्थगन गरेको स्थानीय किसान नेता मनु अधिकारीले जानकारी दिए।

महोत्तरीका किसानले उखु बिक्री गरेबापत रु एक अर्ब ७५ करोड रकम एकमुष्ट माग गर्दै गत जेठ ६ गतेदेखि तालाबन्दीसहित धर्ना कार्यक्रम जारी राख्दै आएका थिए ।
रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top