×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

गोरे, भुजुङ र छिरिङलाई काठमाडौंं लगियो ,सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

२८ जेष्ठ २०७५

विराटनगर ,जेठ २८

झन्डै ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे’ भनिने चुडामणि उप्रेतीसहित तीन जनालाई आज काठमाडौं लगिएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, उनका सालो डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई थप अनुसन्धानको लागि काठमाडौं लगिएको हो ।

जिल्ला अदालत, मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका उनीहरुलाई काठमाडौं लैजान अदालतले आइतबार अनुमति दिएको थियो । गोरे र छिरिङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने भुजुङलाई क्षेत्रीय कार्यालय झुम्कामा राखिएको थियो ।

तीनै जनालाई काठमाडौंमा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको बेला छानबिन समितिले पनि उनीहरुमाथि थप अनुसन्धान गर्ने जनाइएको छ । गत १० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै तस्करीमा एसएसपी श्याम खत्री, भुजुङ र मोहनकुमार अग्रवाल मुख्य अभियुक्त रहेको बताएका छन् ।

तर, अन्य लगानीकर्ताबारे उनले बोलेका छैनन् । आरोपी अग्रवाल भने फरार छन् । तस्करी मुद्दामा पक्राउ परेकाहरुमध्ये एकअर्काले फरक–फरक बयान दिएका छन् । अभियुक्तहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धिकरण अभियोगमा छानबिनका लागि अदालतमा अभियोग पत्र दायर गरेको थियो । सम्पत्ति शुद्धिकरण विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा ३ जनालाई झिकाउन जिल्ला अदालत मोरङमा पत्राचार गरेको थियो ।

गोरेलाई बिहानको फ्लाइटमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए। उनले अदालतको अनुमतिमा कारागार प्रशासनले ३ जनालाई काठमाडौं पठाएको जानकारी दिए ।

काठमाडौं लगिएकामध्ये भुजुङ सुरुवातमै पक्राउ परेका थिए भने गोरे जेठ ८ गते पक्राउ परेका थिए । सुन तस्करी र सनम हत्या अभियोगमा ३० जना थुनामा गइसकेका छन् भने ३३ जना अझै फरार रहेका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top