NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा

सोमवार जेष्ठ २८ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विश्व समुदाय भन्छ— सकारात्मक प्रयास
सिङ्गापुर, जेठ २८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुगेका छन् ।

उनीहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Advertisement

शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उनको समाचारलाई बडो प्राथमिकता दिएका थिए । त्यसपछि उनी सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ ।

यतिखेर सिङ्गापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । ती सञ्चारले उनी कहाँ बसेका भन्नेदेखि लिएर उनले आइतबार सिङ्गापुरका राष्ट्रपतिसँग भेटवार्ता गर्नेसम्मको अवस्थालाई आफ्ना क्यामेरामा कैँद गर्न निकै चासो देखाएका बताइएको छ ।

त्यसैगरी यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परेका छन्। उनी पनि आइतबार नै सिङ्गापुर पुगेका हुन्।
उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताको एजेण्डा भने आएको छैन ।

यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’ भनेका छन्। पहिलो प्रयासले नै धेरै कुरा देखाउने उनको पहिल्यै देखिको भनाई रही आएको छ ।

कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमा नै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उनको भनाई रही आएको छ ।

कोरियाली नेता किम एअर चाइनाको उडानमार्फत सिङ्गापुर उत्रिएका थिए। सिङ्गापुर शहरभरिको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । तर पनि फोटो पत्रकारहरुले भने उनका हरेक क्रियाकलापहरुलाई पछ्याएका थिए ।

उनले त्यहाँ पुगेपछि सिङ्गापुरको प्रसंशा गरे । यदि सम्मेलन सफल भयो भने दुई नेतालाई भेट गराउने सिङ्गापुरको प्रयास ठूलो र ऐतिहासिक बन्नेछ उनले भनेका छन्।

उता अमेरिकी राष्ट्रपति ट्रम्प पनि क्यानाडामा जारी रहेको औद्योगिक राष्ट्रहरूको समूह जी–७ को बैठकमा सहभागी भएर आइतबार नै सिङ्गापुर आइपुगेका छन्।

उनलाई स्वागत गर्न सिङ्गापुर वरिष्ठ अधिकारीहरु विमानस्थल पुगेका थिए । सिङ्गापुर अवतरण गरेपछिको अति संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताए ।

दुई नेतालाई फरक होटलमा राखिएको छ भने उनीहरुको बसाई वरिपरिको सुरक्षा नगरको अरु क्षेत्रको भन्दा थप र निकै नै कडा पारिएको अधिकारीहरुले बताएका छन् ।

उनीहरुबीचको महत्वपूर्ण शिखर वार्ता जुन १२ अर्थात् भोलि मङ्गलबार हुनेछ । वार्ताको सम्पूर्ण तयारी पूरा भएको सिङ्गापुर, अमेरिका र उत्तर कोरियाले बताएका छन् ।

उत्तर कोरियाको ‘सिङ्गापुर एजेण्डा’ तयार 
यसैबीच यस शिखर वार्ताका लागि उत्तर कोरियाले ‘सिङ्गापुर एजेण्डा’ तयार पारिएको जनाएको छ । तर सो एजेण्डामा के छ भन्ने बारेमा भने उसले केही बताएको छैन ।

तर सो एजेण्डामा विशेषतः उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा समेटिएको बताइएको छ ।
साथै विश्व समुदायबाट कूटनीतिक तथा अन्य हिसाबले पनि एक्लिएको उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघसँग पनि केही गुनासोहरु वा उसमाथि लगाइएको नाकाबन्दी खोल्ने विषयमा पनि केही मागहरु राख्न सक्ने अनुमान विश्लेषकहरुको छ ।

तर यस विषयमा अमेरिका वा उत्तर कोरियाले पनि केही नबताएको त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

वार्ताको खर्च डेढ करोडः सिङ्गापुर 
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार सिङ्गापुरले आयोजना गरेको यस बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिङ्गापुरले जनाएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताएका हुन्।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मङ्गलबार हुने शिखर वार्ताका लागि सिङ्गापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले सुनाए ।

खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको छ— उनले भने । उनले सिङ्गापुरले शान्तिका लागि आफ्नो देशले प्रयत्न गरेको तर यहाँको खर्चको विवरणका लागि निकै चासोका साथ प्रश्नहरु उठेकोले मा उक्त खर्चको कुरा गरेको हो भने ।

सकारात्मक प्रयासः विश्व समुदाय 
यसैबीच सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको यस शिखर वार्ता निकै नै सकारात्क प्रयास भएको विश्व समुदायले प्रतिक्रिया दिएको छ ।

विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रुपमा आफ्ना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरुको ठहर छ ।

यस वार्ताले कोरियाली प्रायद्धीप, एसिया तथा यतिमात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस भन्ने कामना पनि विश्वका नेताहरु, विभिन्न संघ संस्था र देशले गरेका छन् ।

रासस

 

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.