अत्यधिक गर्मीले धान खेतमै एकको मृत्यु, दुई बेहोस

२७ जेठ ७५, सोमबार

गौशाला, जेठ २८

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् ।

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।

Advertisement

त्यसैगरी धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धान खेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए ।

बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा मनोज दासले बताए ।

Advertisement

आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएपछि सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरु उनलाई खेतको आलीमा लडेर राखेको र गाउँमा खबर पु¥याएर उनलाई उपचारकै लागि लैजान खोज्दा उनको खेत नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top