×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

अभियुक्त पक्राउ परेपछि सम्झना बोहराको शव आफन्तले बुझे

२१ फाल्गुन २०७७

२१ फागुन, गुल्मी । हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका–३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान सम्झनाको शव उनको परिवारले बुझेको हो । फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि आफन्तले हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान रखेका थिए ।

Advertisement

बिहीबार प्रहरीले सम्झनाको हत्या आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेपछि माइती पक्षको सहमतिमा सम्झनाका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको पाण्डेले बताए ।

प्रहरीका अनुसार नाताले ससुरा पर्ने लालबहादुर हत्यापछि घटना ढाकछोप गर्न पीडित परिवार र स्थानीयले गरेको आन्दोलनमा पनि सहभागी भएका थिए । उनले सम्झनाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । तर हत्या गर्नुको कारण भने खुलेको छैन ।

सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुरले नै गाउँमा शवको गन्ध आएको भनी स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले लालबहादुरलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत गुल्मीबाट अनुमति लिएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोराभित्र राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु ५२ वर्षकी तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top