×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

बालविवाहको असरः आमा र सन्तान कानूनी अधिकारबाट वञ्चित

२३ फाल्गुन २०७७

२३ फागुन, टीकापुर ।
बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन्।

कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता। यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन्।

Advertisement
Advertisement

टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह गरिन्। खेल्ने, पढ्ने उमेरमा विवाह गरेकी लक्ष्मीले विवाहपछि धेरै समस्यासँग जुध्नुपर्यो। अहिले २२ वर्ष टेकेकी लक्ष्मीका तीन सन्तान छन्।

खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा तीन बच्चा हुर्काइरहेकी लक्ष्मीको न अहिलेसम्म विवाह दर्ता भएको छ न उनको बच्चाको जन्मदर्ता नै।

“बालकै हुँदा विवाह भयो, बच्चैमा बच्चा हुर्काउनुपर्यो”, लक्ष्मी भन्छिन्, “दुई बच्चा विद्यालय जाने उमेरका भइसके, अहिलेसम्म विवाह दर्तासमेत भएको छैन। अब त उमेर नपुगी गर्न मिल्दैन भन्छन्, मलाई त चिन्ता पो लाग्छ।”

लक्ष्मीलाई यतिखेर आफ्नोभन्दा सन्तानको पीडाले पोल्छ। आफूले जिन्दगी बर्बाद गरे पनि बच्चाको जिन्दगी राम्रो होस् भन्ने लक्ष्मीको चाहना छ।

“मैले कम उमेरमा विवाह गरेको सजाय भोगिसकेँ, अब मेरा बच्चाले यस्तो पीडा भोग्न नपरोस् भन्ने चाहना छ”, उनले थपिन्, “अब मेरो छोराछोरीको जन्मदर्ता नभए उनीहरुले भविष्यमा अधिकार नपाउने हुन् कि भन्ने पिर बढेको छ।”

लक्ष्मीजस्तै मधु परियारलाई पनि बालविवाह गरेका कारण समस्या भएको छ। पन्ध्र वर्षको उमेरमा विवाह गरेकी मधुले पनि विवाह दर्ता र छोराको जन्मदर्ता नभएको बताइन्।

“मैले कम उमेरमा विवाह गरेका कारण विवाह दर्ता भएको छैन, विवाह दर्ता नभएका कारण बच्चाको जन्मदर्तासमेत छैन”, मधु भन्छिन्, “घटना दर्ता नभएसम्म कानूनीरूपमा सुरक्षित भइन्न भन्छन्। पढ्ने उमेरमा विवाह गरियो, अब पछुताउनुपरेको छ।”

चौध वर्षको विद्यालय जाने उमेरमा विवाह गर्नुभएकी सुशीला सुनार पनि पढ्न लेख्न नपाएकामा चिन्तित छिन्। “आफूसँगका साथीहरु पढेलेखेका जागिरे छन्। पढ्ने उमेरमा विवाह गरेर पढाइलेखाइबाट वञ्चित भएँ”, उनले भनिन्, “कसैले उमेर नपुग्दै, लेखपढ नसकी विवाह नगर्नुहोला। जीवन निकै पीडादायी हुन्छ।”

अभिभावकको लापरवाहीका कारण विपन्न बस्ती तथा शिविरमा अहिले पनि बालबालिका सानै उमेरमा विवाह गर्ने गरेको स्थानीयवासी पदम दमाइको भनाइ छ।

“अभिभावकले छोराछोरी पढाउनुभन्दा विवाहलाई प्रोत्साहन गर्छन्, छोरी ठूली भए विवाह गरिदिए ढुक्क हुने ठान्छन्”, दमाइले भने, “त्यसको नतिजा छोरीको जीवन बर्बाद हुन्छ। छोरीले जीवनभरि दुःख पाउँछे। अभिभावक सचेत बन्न जरुरी छ।”

बालविवाह गरेर समस्या भोगेका आमाहरु भने बालविवाह गर्न नहुने बताउन थालेका छन् तर समाजमा गलत परम्पराका रूपमा रहेको बालविवाह भइरहेको छ।

स्थानीयवासी नन्दादेवी विकले आफूले शिविरमा बालविवाह हुन थालेको जानकारी पाए रोक्ने गरेको भए पनि अभिभावकले भागी विवाहलाई प्रोत्साहन गरेका कारण रोक्न नसकिएको बताइन्।

“विवाह भए त हामी रोक्छौँ, यहाँ भागी विवाह गरेर भारत जाने चलन छ”, उनले भनिन्, “भारत जानेलाई कसरी रोक्नुरु भारत पुगिसकेपछि हामीलाई थाहा हुन्छ। एकैपटक बच्चा जन्माएर नेपाल आउँछन्।”

बीस वर्षमुनिका किशोरकिशोरीले विवाह गरेपछि उनीहरुको विवाह दर्तासमेत हुँदैन। विवाह दर्ता नहुने कारणले कति प्रतिशत बालविवाह हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा ८० जना २० वर्षमुनिका गर्भवती महिला सेवा लिन आएको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका अनमी हेमा ज्ञवालीले जानकारी दिइन्।

“अहिले पनि ८० जना किशोरी गर्भवती छन्, यो तथ्याङ्कले अहिले पनि बालविवाह भइरहेको देखिन्छ”, ज्ञवालीले भनिन्, “कम उमेरमा आमा बन्ने किशोरीको स्वास्थ्यमा गम्भीर असर पार्छ । कम उमेरमा जन्मिएको बच्चा पनि स्वस्थ नहुनसक्छ।”

नेपालको कानूनअनुसार २० वर्षमुनिको उमेरमा भएको विवाह स्वतः बदर हुन्छ। यदि कसैले २० वर्ष नपुग्दै विवाह गरेको उजुरी परेमा त्यसलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ अन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताए।

“विवाह हुन थालेको जानकारी पाए हामीलाई खबर गर्नुस्, हामी विवाह बदर गर्छौँ”, निरीक्षक बमले भने, “यो सबैको समस्या हो, बालविवाह रोक्ने जिम्मा हामी सबैको हो।”

टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले २० वर्ष उमेर नपुगी कसैले विवाह गरेको खण्डमा उसलाई सरकारीस्तरबाट दिइने सबै सेवा सुविधाबाट वञ्चित गरिने बताए।

Advertisement

“कसैले विवाह गरेको भेट्टाएमा तुरुन्त वडा कार्यालयमा जानकारी गराउन आग्रह गर्छु”, आचार्यले भने, “हामी त्यो विवाह बदर गरेर अभिभावको जिम्मा लगाउँछौँ, बालबालिकाको भविष्य बिग्रनबाट बचाऔँ।” रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top