भारतमा आश्रय लिन पुगेका प्रहरीलाई फिर्ता पठाउन म्यानमारको आग्रह

२३ फागुन ७७, आइतबार
Share this
684shares

२३ फागुन, एजेन्सी ।
म्यानमारको सैन्य सरकारले कू पछि भारतमा आश्रय लिन पुगेका प्रहरी अधिकारीहरुलाई फिर्ता गर्न आग्रह गरेको छ।

Advertisement

देशमा सैनिक शासन लागू भएपछि जुन्ता सरकारको आदेश पालना गर्न अस्वीकार गर्दै केही प्रहरी अधिकारीहरु भारत पुगेका थिए।

भारतीय अधिकारीहरुले बर्मेली प्रहरी र उनका परिवारका सदस्‍यहरु केही समयअघि भारत पसेको पुष्टि गरेका छन्।

Advertisement

म्यानमारले भारत सरकारलाई पत्र पठाउँदै मित्रवत् सम्बन्ध कायम गर्न आश्रय लिन पुगेका प्रहरी अधिकारी र उनको परिवारका सदस्यहरुलाई फिर्ता गर्न आग्रह गरेको हो।

माघ १९ गते म्यानमार सेनाले कू गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएपछि दैनिक रुपमा प्रदर्शन भइरहेको छ।

Advertisement

जुन्ता सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रेकाहरु र प्रहरीको भिडन्तमा हालसम्म ५५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top