पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

२८ जेठ ७५, मंगलबार

काठमाडौँ,जेठ २९

Advertisement

स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ ।

आगामी असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको टुँडिखेल मैदानमा हुने फेस्टिबलमा माल्दिभ्स र भारतलगायतका मुलुकबाट स्केट खेलाडीले भाग लिनेछन् ।

Advertisement

परिवर्तनका लागि युवा नामक संस्थाद्वारा आयोजित फेस्टिबलको अन्तिम दिन असार ७ गते स्केट प्रतियोगिता हुने अध्यक्ष जागृत पहाडीले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी प्रतियोगितामा ‘प्लेयर्स टु वाच’ लाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पहाडीको भनाइ छ ।

सो परिवर्तनका लागि युवा नामक संस्थाले स्केट खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्दै आएको छ । विसं २०७० मा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा स्केट खेलबारे गोष्ठी, स्केट खेल प्रतियोगिता तथा स्केट खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Advertisement

पछिल्लो पटक राष्ट्रियस्तरको स्केट फेस्टिबल जात्रा काठमाडौँमा गतबर्ष सम्पन्न भएको थियो ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top