१ लाख ६९ हजार बराबरको अवैध समान बरामद

२८ जेठ ७५, मंगलबार

विराटनगर,जेठ २९
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सोमबार १ लाख ६९ हजार ७ सय १५ रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ ।

“सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट भन्सार छली चोरी तस्करी गरी ल्याएको लत्ताकपडा, खाद्यान्न तथा नेपालबाट चोरी निकासी गर्दै गरको डिजेल बरामद गरेको हो।

बरामद सामान सोमबार कारवाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top