७ मंसिर , काठमाण्डौ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा द्धिपक्षीय भेटवार्ता भएको छ । सो क्रममा उनीहरु बीच उपहार आदानप्रदान भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार उनीहरुले एक अर्कालाई उपहार प्रदान गरेका थिए। प्रधानमन्त्री मोदीले त्रिवेणीको गंगाजलसहितको कलश शाहलाई दिएका थिए भने लगत्तै प्रधानमन्त्री शाहले पशुपतिनाथ मन्दिरको पवित्र रुद्राक्ष र चन्दन मोदीलाई दिएका थिए।
भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी भएका छन् । त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए।प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।यस्तै प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीको सत्य, अहिंसा र सेवाभावको आदर्शलाई आत्मसात् गर्दै नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विहान राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले गान्धीको जीवनले सत्यको शक्ति संसारका कुनै पनि शक्तिभन्दा ठूलो हुने प्रमाणित गरेको बताएका हुन्।
‘भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश देखेको छु, जसले करुणा नै सबैभन्दा ठूलो शक्ति हो र वास्तविक नेतृत्व भनेको समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवा गर्नु हो भन्ने सन्देश दिन्छ,’ प्रधानमन्त्री शाहले भनेका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नरहेको उल्लेख गर्दै आस्था, आत्मीयता र पुस्तौँदेखिको मित्रताले दुई देशलाई जोडेको बताएका छन्। गान्धीका कालजयी आदर्शको सम्मान गर्दै नेपाल–भारत सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका आधारमा थप प्रगाढ बनाउने नेपालको प्रतिबद्धता उनले दोहो¥याएका छन्। ‘गान्धीजीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको हाम्रो साझा यात्रालाई सधैँ मार्गदर्शन गरिरहून्,’ प्रधानमन्त्री शाहले भनेका छन्।

उता भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजकीय भ्रमणको सुरुआत एक ‘स्पेसल नोट’का साथ भएको बताएका छन् । बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई स्वागत गर्दै गरेको फोटो सामाजिक सञ्जाल एक्समा राख्दै उनले यस्तो जनाएका हुन् । “राजकीय भ्रमणको सुरुआत एक ‘स्पेटसल नोट’का साथ भएको छ,” भारतको विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भनेका छन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई मोदीले औपचारिक स्वागत गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । “यसले भारत र नेपालबीचको विशेष आत्मीयता तथा दिगो मित्रतालाई झल्काउँछ,” जयसवालले भनेका छन् । प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । त्यसक्रममा शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्। समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएर प्रधानमन्त्री शाहको स्वागत गरिएको छ। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ‘गार्ड अफ अनर’मा सहभागी भएका छन्। प्रधानमन्त्री बालेन आजै स्वदेश फर्किनेछन् ।



