Nepal Times
Nepal Times
3
Shares

छानविन समितिद्वारा काठमाडौँका तीन सुन पसलमा छापा

छानविन समितिद्वारा काठमाडौँका तीन सुन पसलमा छापा

काठमाडौँ, जेठ २९

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो ।

उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले आज छापामारी गरगहना नियन्त्रणमा लिएको हो ।
रासस

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.