एजेन्सी । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोप लगाइएको छ । एकैदिन यतिका संख्यामा अहिलेसम्म खोप लगाइएको पहिलो पटक भएको अधिकारीहरूले बताएका छन् । ५६ दिनअघि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको सुरुवात गरेका थिए । ३० हजार ५ सय ६१ ठाउँमा खोप केन्द्र स्थापना गरि खोप लगाइँदैछ ।
एकैदिन २० लाखलाई कोरोना खोप
२९ फाल्गुन २०७७
भर्खरको समाचार