एजेन्सी । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना भएको छ ।
दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । गएराति वार्दाक प्रान्तको बिहसुद जिल्लामा सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ । चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेनाको ज्यान गएको मन्त्रालयले बताएको छ । गत नोभेम्बरमा पनि पूर्वी प्रान्त नान्गाहारमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका १० सदस्यको ज्यान गएको थियो ।
