विराटनगर,जेठ ३०
भोलीदेखि रसियामा सुरु हुने विश्वकप फुटबल –२०१८ का सम्पुर्ण खेलहरुको लाईभ(प्रत्यक्ष प्रसारण) विराटनगरमा पनि ठुलो पर्दामा हेर्न पाईने भएकोे छ ।
कुनै पनि अतिरिक्त शुल्क नलिई विश्वकपका सम्पुर्ण खेलहरु विराटनगरको टेन ११ लाउन्जमा देखाईने भएको हो ।
व्यबस्थापनको कामहरु पहिले नै मिलाउनु पर्ने भएकोले खेल हेर्न इच्छुकलाई अग्रिम सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
विराटनगरको महेन्द्र चौकमा रहेको टेन ११ लाउन्जमा स्वादिष्ट परिकारको मज्जा लिँदै विश्वकप हेर्न पाईने आकाश श्रेष्टले बताए ।