दुर्गाप्रसादका परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनूः कोलकाता उच्च अदालत

९ चैत्र, विराटनगर ।
कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।

Advertisement

इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले जानकारी दिए।

सिन्हाका अनुसार अदालतले दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले यस्तो आदेश दिएको हो। ‘कानुन अनुसार क्षतिपूर्ति दिनू भनिएको छ। क्षतिपूर्ति कति हुन्छ अहिले भन्न सकिन्नँ,’ सिन्हाले भने।

Advertisement

यस्तै अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशनसमेत दिएको छ।

अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन्।

Advertisement

कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो।

उनी आइतबार इलामस्थित आफ्नो घर पुगिसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top