मेलम्चीको पानी काठमाडौंका धारामा कहिले आउँछ ?

पूजा बेल्वासे, ११ चैत, काठमाडौँ ।

काठमाडौँ उपत्याकावासीको वर्षाे देखिको मेलम्चीको सपना यही चैत महिना भित्रै पूरा हुने भएको छ । सरकारले यहि चैत महिनामै उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको हो । १५ चैतमा उपत्यकाका धारामा पानी वितरणका लागि खानेपानी आयोजना निर्देशनालय, मेलम्ची खानेपानी विकास समिति, केयुकेल प्रयासरत रहेको छ । तर सरकारको विगतको तयारी र प्रतिवद्धता व्यहारमा नदेखिएकाले यस पटकको चैत १५ को भाकाले पनि विगतको जस्तै नियति खेप्नु पर्ने हो कि भन्ने चिन्ता उपत्यकावासीमा परिरहेको छ।

२ दशक भन्दा लामो समयको प्रतिक्षापछि उपत्यकामा मेलम्चीको पानीे पाउने छाँटकाँट देखिएको छ । गत फागुनमा प्रधानमन्त्री केपीशर्मा ओलीले मेलम्चीबाट ल्याइएको पानी सुन्दरीजलमा झारेको अवलोकन गरेपछि अब उपत्यकाबासीमा आशा पलाएको छ । अब मेलम्चीको पानी उपत्यकाका धारामा कहिले झर्छ भन्ने अहिले सबैको चासो भएको छ ।

Advertisement

सरकारले चैत्र १५ बाट उपत्यकामा पानी आउने बताईरहेको छ । काठमाडौ उपत्यका खानेपानी आयोजना निर्देशनालयका सूचना अधिकारी उज्वल प्रजापतिका अनुसार सुन्दरीजलको पानी प्रसारण प्रणाली बाट दिइसकेपछि वितरण प्रणलीका लागि मुख्य प्रसारण पाइपलाइनमा एक चरणको परीक्षण गरेपछि नयाँ टंकीमा पानी जानेछ ।

प्रजापतिका अनुसार अहिले सम्म ११ सय किलोमिटर पाइप विछाइसकेको छ भने अरु नयाँ पाइप विछाउन समय लाग्ने छ । ूनयाँ पाईपलाईन बिच्छ्याउने काम नसकिएका कारण पुरानै पाईपलाईनबाट पानी वितरण गर्ने तयारी गरिएको पनि उनले बताए ।

Advertisement

केयुकेलका कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार हाल सुन्दरीजल प्रशोधन केन्द्रको परीक्षणको काम सुरु भएको छ । उनले अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको बताए ।

शाक्यका अनुसार सुन्दरीजल परीक्षणको काम पछि थोक वितरण प्रणालीको परीक्षण गर्दे पूरानो पोखरीमा पानी पठाए पछि त्यहाँबाट उपत्यकाका धारामा पानी वितरण प्रक्रिया सुरु हुनेछ । उपत्यकामा पानी आउने मिति नतोकिएपनि चैत्र महिना भित्र वितरण गर्ने तयारी भइरहेको उनले बताए ।

परीक्षणको क्रममा ४ करोड लिटर पानी वितरण गर्ने र पछि बढाउँदै लाने आयोजनाको भनाई छ । तर वितरण सञ्जालमा अझै धेरै तयारी बाँकी रहेको तथा पूरानै पाईपबाट पानी वितरण गर्ने योजनाले चैत्र १५ भित्र उपत्यकावासीको घरमा पानी आउँनेमा भने शंका अझै कायमै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top