×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

दुई बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

११ चैत्र २०७७

११ चैत, रुकुम पूर्व । दुई जना बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा दुई जना युवा पक्राउ गरेका छन् ।

रुकुम पूर्वका १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाइ करणी गरेको अभियोगमा रुकुम पूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा २३ वर्षका युवा र १४ वर्षका किशोर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

चैतको १ गते घरबाट हराएका ती बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको निवेदन परेको डीएसपी श्रेष्ठले बताए ।

निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र त्यही दिन अभियुक्त दुई जनालाई रुकुमकोटबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन् ।

अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथि बलात्कार हुँदै आएको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठकाअनुसार ती बालिकाहरुलाई बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै शौचालय पुर्याउने र त्यसपछि दिनभरी कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ ।

बालिकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर डराइरहेको पनि प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गर्ने उद्देश्यले बालिकाको अपहरण गरी बन्धक बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ ।

बालीकाको भने स्वास्थ्य परीक्षण चलिरहेको र प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै छिटै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले बताएका छन् ।

Advertisement
Advertisement

प्रहरीले आरोपी दुवै जनालाई थप अनुसन्धानका लागि भन्दै रुकुमकोट जिल्ला अदालतबाट म्याद थपाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top