Nepal Times
Nepal Times
3
Shares

मेलम्चीको पानी काठमाडौंका धारामा कहिले आउँछ ?

मेलम्चीको पानी काठमाडौंका धारामा कहिले आउँछ ?

पूजा बेल्वासे, ११ चैत, काठमाडौँ ।

काठमाडौँ उपत्याकावासीको वर्षाे देखिको मेलम्चीको सपना यही चैत महिना भित्रै पूरा हुने भएको छ । सरकारले यहि चैत महिनामै उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको हो । १५ चैतमा उपत्यकाका धारामा पानी वितरणका लागि खानेपानी आयोजना निर्देशनालय, मेलम्ची खानेपानी विकास समिति, केयुकेल प्रयासरत रहेको छ । तर सरकारको विगतको तयारी र प्रतिवद्धता व्यहारमा नदेखिएकाले यस पटकको चैत १५ को भाकाले पनि विगतको जस्तै नियति खेप्नु पर्ने हो कि भन्ने चिन्ता उपत्यकावासीमा परिरहेको छ।

२ दशक भन्दा लामो समयको प्रतिक्षापछि उपत्यकामा मेलम्चीको पानीे पाउने छाँटकाँट देखिएको छ । गत फागुनमा प्रधानमन्त्री केपीशर्मा ओलीले मेलम्चीबाट ल्याइएको पानी सुन्दरीजलमा झारेको अवलोकन गरेपछि अब उपत्यकाबासीमा आशा पलाएको छ । अब मेलम्चीको पानी उपत्यकाका धारामा कहिले झर्छ भन्ने अहिले सबैको चासो भएको छ ।

सरकारले चैत्र १५ बाट उपत्यकामा पानी आउने बताईरहेको छ । काठमाडौ उपत्यका खानेपानी आयोजना निर्देशनालयका सूचना अधिकारी उज्वल प्रजापतिका अनुसार सुन्दरीजलको पानी प्रसारण प्रणाली बाट दिइसकेपछि वितरण प्रणलीका लागि मुख्य प्रसारण पाइपलाइनमा एक चरणको परीक्षण गरेपछि नयाँ टंकीमा पानी जानेछ ।

प्रजापतिका अनुसार अहिले सम्म ११ सय किलोमिटर पाइप विछाइसकेको छ भने अरु नयाँ पाइप विछाउन समय लाग्ने छ । ूनयाँ पाईपलाईन बिच्छ्याउने काम नसकिएका कारण पुरानै पाईपलाईनबाट पानी वितरण गर्ने तयारी गरिएको पनि उनले बताए ।

केयुकेलका कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार हाल सुन्दरीजल प्रशोधन केन्द्रको परीक्षणको काम सुरु भएको छ । उनले अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको बताए ।

शाक्यका अनुसार सुन्दरीजल परीक्षणको काम पछि थोक वितरण प्रणालीको परीक्षण गर्दे पूरानो पोखरीमा पानी पठाए पछि त्यहाँबाट उपत्यकाका धारामा पानी वितरण प्रक्रिया सुरु हुनेछ । उपत्यकामा पानी आउने मिति नतोकिएपनि चैत्र महिना भित्र वितरण गर्ने तयारी भइरहेको उनले बताए ।

परीक्षणको क्रममा ४ करोड लिटर पानी वितरण गर्ने र पछि बढाउँदै लाने आयोजनाको भनाई छ । तर वितरण सञ्जालमा अझै धेरै तयारी बाँकी रहेको तथा पूरानै पाईपबाट पानी वितरण गर्ने योजनाले चैत्र १५ भित्र उपत्यकावासीको घरमा पानी आउँनेमा भने शंका अझै कायमै छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.