गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्र चरा हब

१२ चैत ७७, शुक्रबार

१३ चैत, काठमाडौँ । ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ ।

उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् ।

Advertisement

स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।

केही वर्षअघिसम्म काठमाडौँं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे ।

Advertisement

यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउनुहुन्छ ।

काठमाडाँैं उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरूको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्लो अध्ययनहरूले देखाएका छन् ।

यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडेभ्याकुरजस्ता विशेष महì;व बोकेका चरा पाइने चराविज्ञको दाबी छ ।

दुई दिन चराको खोजीमा पनौतीमा कमै मात्र पाइने मुरारी पुतलीचरा, सुनौलो रबिनसमेत भेटिनु निकै खुसीको कुरा रहेको र चराको तस्बिर लिनसमेत निकै राम्रो भू–बनोट भएकाले चराको हबका रूपमा विकास गर्न सकिने श्रेष्ठको भनाइ छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top