अवैध उत्खननको अभियोगमा २ वटा ट्रिपरसहित ९ थान सवारीसाधन नियन्त्रण

मोरङ, जेठ ३१

मोरङको चिसाँङ खोला र लोहोन्द्रा खोलाबाट अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् भएको पाइएको छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल सहितको अनुगमन टोलीले अनुगमनका क्रममा अबैध ढंगबाट ढुङ्गा गिट्टी उत्खनन् गरेको पाइएको हो । चिसाङ खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्न नपाउने भएपनि एक दर्जन बढी ट्याक्टर भेटिएको छ ।

Advertisement

त्यस्तै बेलबारीमा पर्ने लोहन्द्रा खोलामा समेत तिन वटा स्काभेटरको प्रयोग गरेर उत्खनन् गरेको पाइएको छ । मापदण्ड विपरित उत्खनन् गरेको प्रहरी प्रशासनले टुलुटुलु हेरेको जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले आरोप लगाए ।

आफुले पटक पटक मापदण्ड विपरित खोला उत्खनन् भइरहेको सुचना प्रमुख जिल्ला अधिकारीलाई दिएको भएपनि कुनै पहल नभएको उनको आरोप छ ।

Advertisement

अवैध रुपमा खोला उत्खनन् गर्नेलाइ पक्राउ गर्ने जिम्मा प्रशासनको भएको बताउँदै उनले प्रशासनले पक्राउ गरेकालाइ जरिवाना गर्ने मात्रै जिल्ला समन्वय समितिको कार्यक्षेत्रमा पर्ने बताए । खोला मै स्काभेटर लगाएर झिक्नु पर्ने भन्दा तीन गुणा बढी स्रोत उत्खनन् गर्दा मोरङका अधिकांश खोला गहिरिएको छ ।

जसले गर्दा दुवै किनारका खेतियोग्य जमिन सिंचाई सुविधाबाट बञ्चित हुने अवस्था सृजना भएको छ ।

यसैबीच खोलाजन्य पदार्थ अवैध उत्खनन र ओसार पसार गरेको अभियोगमा मोरङको केराबारीबाट प्रहरीले ९ थान सवारीसाधन नियन्त्रणमा लिएको छ ।केरावारी गांउपालिका वडानम्बर ८ स्थित खदम खोलाबाट मापदण्ड विपरीत खोलाजन्य पदार्थ (मिक्स ग्टिटि)उत्खनन र ओसार पसार गरेको अभियोग प्रहरीले सो संख्याको सवारीसाधन नियन्त्रमा लिएको मोरङ प्र्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिए।

सो क्रममा प्रहरीले २ वटा जेसीभी र लोडर सहित ५ वटा हाईवा र २ वटा ट्रिपर गरि जम्मा ९ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको हो । प्रहरीले को १ क १६२४ नम्बरको जेसीबी,ना ७ ख २६२७ नम्बरको र को १ ख ४६९८ नम्बरको हाईवा,ना ७ ख ६०० नम्बरको सवारीसाधन एक थान तथा को १ ख ५५५१ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको जनाईएको छ ।

यस्तै को १ क १७६७ नम्बरको जेसीबी,ना ७ ख ६०५६ नम्बरको र को १ ख ५६२९ नम्बरको हाईवा तथा को १ ख ५२८१ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारवाहीको निम्ति केरावारी गाँउपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top