×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

काठमाडौंको चक्रपथका लागि २१ सय रुख काटिए,२० घर भत्काईने

१८ चैत्र २०७७

पूजा बेल्बासे, १८ चैत, काठमाडौँ । उपत्यकाको चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) सडक विस्तारका लागि आवश्यक पर्ने संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथ सडक विस्तार आयोजनाको काम लगभग ९८ प्रतिशत सकिएको हो ।

आयोजनाका अनुसार कलंकीदेखि चाबहिलसम्म २० घर भत्काउन पर्नेछ । सो घरको मुआब्जा वितरण गरी केही समयमै भत्काउन सुरु गरिनेछ ।

Advertisement
Advertisement

पहिलो चरणको कोटेश्वर–कलंकी सडक विस्तारपछि दोस्रो चरणको कलंकी–चाबहिल विस्तार गर्ने भएको हो ।

चीन सरकारले सम्झौताअनुसार नै निर्माण कार्य अघि बढाएको हो । चक्रपथ सुधार आयोजनाका प्रमुख अर्जुन सुवालका अनुसार विस्तारका लागि ११.६ किलोमिटर सडकको निर्माणस्थल खाली गरिएको छ ।

सुवालले सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम सकिएको बताए ।

त्यस्तै, सो सडकमा रहेका दुई हजार एक सय रूख काटिएको उनले जानकारी दिएका छन ।

त्यस्तै, विस्तारको क्रममा स्वयम्भूमा पर्ने एउटा स्तुपासमेत भत्किने भएपछि लामो समयसम्म विरोध रहँदै आएको थियो । स्तुपा सारिने जिम्मा काठमाडौं महानगरपालिकाले लिएपछि विवाद सुल्झिएको हो ।

हाल विवाद सकिएलगत्तै विस्तारको कार्य अघि बढेको छ । सुवालका अनुसार अहिले चक्रपथवरिपरिका सम्पूर्ण रूखहरू काटिएकाले निर्माणको कार्य पनि अघि बढ्ेको छ ।

कोरोना भाइरसका कारण केही समय सुस्त रहे पनि अहिले पछिल्लो समय भने पुनः सुचारु भएको सुधार आयोजना प्रमुख सुवालले बताए ।

चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन ।

एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घरटहरा नहट्दा निर्माणमा ढिलाई भएको थियो ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो ।

चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरु गर्नेछ । सो सडकमा दुई ‘अन्डर पास प्रत्येक किलोमिटरमा आकाशेपुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमी–कमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

Advertisement

पछिल्लो समय कोटेश्वर–कलंकी सडकमा बढी दुर्घटना भएको भन्दै चिनियाँ सरकारले पुनः एकपटक अध्ययन गर्ने बताएको छ ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top