NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा

शुक्रबार असार १ , २०७५
Reading Time: 1 min read
A A
अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

संयुक्त राष्ट्रसंघ, असार १
बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् ।

उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता बङ्गलादेशमा सुरु भएको मनशुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाई छ ।

कडा रुपमा आएको हावा र अविरल वर्षाका कारण ती बालबालिकाको स्वास्थ्य र सुरक्षामा डरलाग्दो स्थिति देखा परेको संयुक्त राष्ट्रसंघको प्रवक्ताले बिहीबार जानकारी दिएका छन्।

LS Auto

बङ्गलादेशको कोक्स बजारमा रहेको म्यानमारका शरणार्थीहरुमा करिब एक लाख बालबालिका मात्र रहेका छन् । उनीहरुको अवस्था सङ्कटमा परेको, बाढी र पानीको जोखिम बढेको बताइएको छ ।

त्यस्तै स्वास्थ्य अधिकारीहरुले पनि पानीजन्य रोगहरुको प्रकोप फैलिन सक्ने भन्दै यहाँका अधिकारीहरुको ध्यानाकर्षण गराएको बताइएको छ ।

म्यानमारका ती रोहिङ्ग्या शरणार्थीका बालबकालिकामध्ये सबैजसोको अवस्था जोखिममा रहेको पाइएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रवक्ता फर्हान हकले समाचार दाताहरुलाई जानकारी दिएका छन् ।

अविरल वर्षाको कारण करिब ९ सय शरणार्थी शिविर, १५ वटा खानेपानी लाइन, युनिसेफले सहयोग गर्दै आएको दुई वटा खाना वितरण केन्द्र लगायत स्वास्थ्य केन्द्र ध्वस्त भएको बताइएको छ ।

गत वर्षको अगस्तबाट म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण करिब ७ लाख म्यानमारका शरणार्थी बङ्गलादेशको कोक्स बजार पुगेका छन् ।

ती मध्ये अझै पनि ६ लाख ७० हजार बङ्गलादेशको कोक्स बजारमा नै रहेका छन् । प्रायः शरणार्थीहरु पहाडी इलाकामा रहेको कुतुपालोङ शिवीरमा बसेका छन् ।

अझै घर फर्किन पाएनन् शरणार्थी

यसैबीच आजभन्दा करिब आठ महिनाअघिदेखि त्यहाँ रहेका उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि कुनै प्रभावकारी काम हुन सकेको छैन ।

गत अक्टोबर महिनामा एक समिति गठन गरिएको र सोही बमोजिम सहमति पनि भए पनि उनीहरु अझै पनि घर फर्किन पाएका छैनन् ।

महिनादिन मात्र अघि ती शरणार्थीहरुको पहिलो लट स्वदेश फर्किएको थियो । स्वदेश फर्किनेको सङ्ख्या ३० हजार मात्र थियो ।

त्यसपछिको अर्काे लट फर्किन पाएको छैन । उनीहरुलाई स्वदेश फर्काउन सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको पाइएको पनि समाचारमा जनाइएको छ ।

विश्वभरबाट म्यानमारका शरणार्थीलाई फिर्तागर्न माग भएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा यस विषयमा सहमति भएको थियो ।

तर औपचारिकरुपमा सो सहमतिको कार्यान्वयन नभएका कारण उनीहरुको स्वदेशफिर्ता हुने चाहना पूरा हुने दिन थप अन्योलग्रस्त हुदैछ ।

म्यानमाली शरणार्थीलाई बङ्गलादेश र म्यानमारका उच्च अधिकारीबीच भएको छलफलअनुसार गत जनवरी २३ बाट नै फर्काउने सहमति भएको थियो ।

म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेका हुन् ।

‘जातीय सफाया’ जस्तै छ– राष्ट्रसंघ

यसैबीच प्राप्त अर्काे एक समाचारमा म्यानमारको राखिन राज्यमा अझै पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी रहेको संयुक्त राष्ट्रसंघीय अधिकारवादीहरुले जनाएका छन् ।

हालैको एक सर्वेक्षणमा उक्त क्षेत्रमा द्वन्द्व अहिले पनि जारी नै रहेको र जसका कारण यहाँका नागरिकमा भोकमरीको अवस्था सृजना भएको समेत बताइएको छ ।

संयुक्त राष्ट्रसंघका एकजना मानवअधिकारवादीले सो जानकारी दिएका छन् । ती अधिकारवादीले राखिनको अवस्था पहिलेकै जस्तो नरहे पनि यहाँका जातीय समुदायका नागरिकमाथिको दमन भने नरोकिएको पाइएको बताएका हुन् ।

सर्वेक्षणका क्रममा उक्त राज्यमा अहिले पनि म्यानमाली नागरिकमाथिको जातीय सफायाको क्रम जारी नै रहेकोे पाइएको समाचारमा जनाइएको छ ।

कोक्स बजारका अधिकांश ती शरणार्थीहरुले आफ्नो जन्मथलोमा अहिले पनि त्यस्तै असुरक्षित अवस्था रहेको भन्दै यस्तै अवस्थामा घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिएका छन् ।

उनीहरुमाथि अहिले पनि ज्यादति छ र जसका कारण राखिन राज्यका रोहिङ्ग्या शरणार्थीहरु आफ्नो थतथलोमा फर्किन पाएका छैनन् ।

राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण गत वर्षको अगष्ट २५ देखि ती म्यानमारका शरणार्थीले देश छोड्न सुरु गरेका थिए ।

म्यानमारको सेनाले उनीहरुलाई कारबाही गरेपछि देश छोड्न बाध्य भएका बताइएको छ ।
रासस

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.