प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीशले हेर्ने, पूर्ण इजलास गठन

१९ चैत ७७, बिहीबार
Share this
741shares

१९ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले हेर्ने भएको छ।

Advertisement

जबरासहित तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासमा आज पेशी तोकिएको छ। अध्यक्ष दाहालले चैत १७ गते पुनरावलोकनका लागि अदालत पुगेर निवेदन दिएका थिए।

फागुन २३ गते न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको भएको फैसला गर्दै एमाले र माओवादी केन्द्रको एकता खारेज गरेर २०७५ जेठ २ अघिकै अवस्थामा फर्काएको थियो।

Advertisement

यो फैसलाविरुद्ध मुद्दाका एक पक्ष प्रचण्ड पुनरावलोकनमा गएका हुन्। पुनरावलोकन निवदेनमा प्रचण्डले ८ वटा प्रश्न उठाएका हुन्। एकता खारेज गर्ने फैसला गरेर अदालतले क्षेत्राधिकार नाघेको उनको जिकिर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top