डेढ वर्षपछि आज सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

१८ चैत ७७, बिहीबार

१९ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवारका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो।

बैठक साँझ ६ बजे बस्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने मन्त्री गुरुङले बताए।

Advertisement

झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। यसअघि कोभिड–१९ संक्रमण, प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो।

यसो त सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालय मर्मत गरिएको थियो। मर्मत गरिएको कार्यालय प्रधानमन्त्री ओलीले फागुन ३ गते उद्घाटन गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top