बजार मुल्य आकाशियो,अनुगमन देखावटी मात्रै

पुजा बेल्बासे, २० चैत, काठमाडौँ । मुलुक संघीयतामा गएसँगै स्थानीय तहले पनि बजारमा अनुगमनको जिम्मा पाएका छन् । तर सरकारी निकायमा रुपमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको नेतृत्व गर्दछ ।

स्थानीय तहले मौसमी रुपमा बजार अनुगमन गर्ने अनि बजारमा विभागको अनुगमन पनि प्रभावकारी नदेखिदा उपभोक्ता मारमा परेका छन ।

यद्यपि विभागले ठूला घरानाका व्यवसायीलाई कारवाही नगरेको पनि होइन् तर सरकारी अनुगमन मौसमी हुने हुदाँ बजारमा सरकारको उपस्थिती दरिलो देखिएको छैन् । सरकारले गर्ने अनुगमन कर्मचारीको भरमा मात्रै छाड्दा खासै प्रभावकारी हुन नसकेको कर्मचारीहरु नै बताउँछन् ।

बजारको मनपरि माथि हस्तक्षेप गर्न कालोबजारी तथा केही सामाजिक अपराध गर्न २०३२ को प्रावधान छ । यसले बजारमा हुने अवान्छित गतिविधिलाई रोक्न तथा संलग्नलाई कारवाही गर्ने व्यवस्था बनेको छ । तर सजाय वा दण्डको फितलो प्रवाधानले दोषीले उन्मुक्ती पाइरहेको छ । बजारको अवस्था हेर्ने हो भने सरकारको अनुगमन देखाउनका लागी मात्रै भए जस्तो देखिन्छ ।

चाडवाडको बेला वाणिज्य विभागले दैनिक रुपमा १० टोली अनुगमनमा राखेको थियो भने अहिले दैनिक रुपमा २ टोली मात्र बजारमा जाने गरेको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाका अनुसार सस्तो लोकप्रियताका लागि मात्र अनुगमन गर्दै आएको छ ।

बजार अनुगमनको जिम्मा पाएको बाणिज्य विभागले अनुगमन गरेअनुसार वस्तुको गुणस्तरमा सुधार नभएको उनले बताए । तिमल्सिनाका अनुसार अहिले बजारमा तेल, खाधान्न , तरकारी , फलफूलको मुल्य आकाशिएको छ । बजारमा सरकारको उपस्थिति नहुदाँ महंगी बढेको छ । अहिले तरल राजनीति अवस्था छ । सरकारलाई आफनो मात्र ख्याल छ , बजारमा बस्तुभाउ बढेको बढैछ, उपभोक्ता ठगिएका छन् , अनुगमन गर्ने जिम्मा पाएको निकाय अनुगमन गरेका छौ भन्छ तर अनुगमन खै ? एक दिन अनुगमन गर्ने र अन्य दिन मौन वस्दा व्यवसायीहरुले उपभोक्ताबाट चर्काे शुल्क उठाउने गरेको भेटिएको उनी बताउँछन् ।

यता नियामक निकायको रुपमा रहेको वाणिज्य विभागका सूचना अधिकारी शिवराज सेढाईले भने दैनिक रुपमा अनुगमन गर्ने गरेको बताए । उनका अनुसार दैनिक अनुगमनका क्रममा व्यवसायीले बिलबिजक जारी नगर्ने, कम्पनी दर्ता गरेर नविकरण नगर्ने, सरसफाइमा ध्यान नदिने, म्याद नाघेका सामान राख्ने गरेको भेटिने गरेको छ । सामान्य कुरामा समेत व्यवसायीले ख्याल नगर्दा उपभोत्ताहरु मर्कामा पर्ने गरेका छन् ।

ठगिनबाट बच्न उपभोक्ताहरु पनि सचेत हुनुपर्छ । वाणिज्य विभागका अनुसार चालु आर्थिक बर्षको साउन महिना देखि फागुन महिना सम्म २४ सय ३९ फर्म तथा कम्पनीलाई अनुगमन गरिएको छ भने अनुगमनबाट एक करोड ९२ लाख ३९ हजार जरिवाना रकम उठेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top