×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनाबाट थप एकजनाको मृत्यु, आजै १२८ संक्रमित थपिए

२१ चैत्र २०७७

२१ चैत्र, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ पीसीआर परीक्षण भएका छन् ।

Advertisement
Advertisement

यस्तै, २४ घण्टामा १६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।

Advertisement
Advertisement

त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top