यमनी विद्रोहीको आक्रमणमा परी १२ सुरक्षाकर्मी मारिए

यमन, असार १

यमनका विद्रोहीहरूको आक्रमणमा परी शुक्रबार कम्तीमा १२ जना सुरक्षाकर्मी मारिएका छन् ।

यमनको होडैडा अन्तर्गत पर्ने रक्त सागरको बन्दर्गाह सहरमा भएको आक्रमणमा उनीहरु मारिएको सैन्य र स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

Advertisement

विद्रोहीले सामुिद्रक मार्ग मार्फत त्यस क्षेत्रमा आक्रमण गरेका थिए । खोखा र मोखा बन्दर्गाहबाट आक्रमण भएको हो ।

साउदी अरबको सहयोग रहेको सैन्य समूहले यसै हप्ताको सुरुमा होडैडामा पनि आक्रमण गरेको थियो ।

दक्षिणी होडैडाको ८० किलोमिटर क्षेत्रमा यसको प्रभाव रहेको छ । बुधबारदेखि सुरु भएको आक्रमणका कारण अहिलेसम्म दर्जनौ लडाकूहरु मारिएका छन् ।

होडैडा क्षेत्र सन् २०१४ देखि विद्रोहीको नियन्त्रणमा रहेको छ । राजधानी साना र देशका अधिकांश ठाँउहरू उनीहरूको नियन्त्रणमा रहेको छ । उनीहरूले राष्ट्रपति अबेद्राव्बो मन्सुर हाडीलाई देश निकाला पनि गरेका थिए ।

यमनमा हुथी विद्रोही विरुद्धको लडाइँमा साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमरेट् (युएइ) र अन्य देशहरुले सघाइरहेका छन् ।
रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top