नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

Share this
720shares

काठमाडौँ, असार १

Advertisement

एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो ।

इदको शुभकामना 

Advertisement

नेकपाका महासचिव पौडेलले आज विज्ञप्ति जारी इस्लाम धर्मावलम्बीको महान् पर्व हिजरी १४३९ इद उलफित्रका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले आपसमा हार्दिकता, सद्भाव र एकताको विकास गर्न सकोस् भन्ने कामना नेकपाले गरेको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top