Nepal Times
Nepal Times
3
Shares

उदयपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२२ चैत, उदयपुर । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.