२३ चैत, रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले राति १२ बजेदेखि वैठक अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो । सोही बेला सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने घोषणा गरेको हो ।