नाइजीरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

२४ चैत ७७, मंगलबार
Share this
768shares

२४ चैत्र, बीबीसी ।
बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

Advertisement

आक्रमणकारिहरू दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए। हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ।

३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए। प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

Advertisement

तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ। जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।

हमला
सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

Advertisement

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।

आक्रमण
राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई अराजकतावादीहरूले गरेको आतङ्कवादको कार्य भनेका छन्।

उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय झुटो रहेको बताएका छन्।

ज्यानुअरी महिनादेखि दक्षिण–पूर्वी नाइजीरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top