अनेरास्ववियूका तीन नेता निष्काशित

२४ चैत ७७, मंगलबार
Share this
716shares

२४ चैत्र, विराटनगर ।
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन (अनेरास्ववियू)का निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामा कारबाहीमा परेका छन् ।

Advertisement

अनेरास्ववियूले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियूका अध्यक्ष ऐन महरले जनाएका छन्।

महरले मंगलबार विज्ञप्ति जारी गरी तीन जनालाई निष्कासन गरिएको जानकारी दिएका हुन्‌। केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो।

Advertisement

समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top