NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

प्रचण्डलाई बम हान्ने को हो ? (भिडियो सहित)

बुधबार चैत्र २५ , २०७७
Reading Time: 1 min read
A A
प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ चैत, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलको दोस्ती निकै पुरानो हो । चितवनको रामपुरस्थित कृषि क्याम्पस पढ्दादेखिका मित्र उनिहरु अहिले भने राजनीतिको विपरित ध्रुवमा छन् । दश वर्षे जनयुद्ध सँगै लडेका उनिहरु वर्षौं सरकारमा समेतसँगै रहे तर अहिले आएर उनिहरुबीच फाटो आएको छ । संसदीय राजनीतिमा आइसकेपछि चार वर्ष प्रचण्डको साथ छाडेका बादलले प्रचण्डमाथि नै बम प्रहार गरेको प्रचण्डको बुझाइ छ ।

०६९ असारमा प्रचण्ड नेतृत्वको माओवादी छाडेर जानेमा मोहन वैद्य किरणसँगै बादल पनि थिए । ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गर्दै निर्वाचन बिथोल्न अनेक प्रयास गरेको वैद्य नेतृत्वको माओवादी मै बादल पनि थिए । निर्वाचन विथोल्न देशका विभिन्न ठाउँमा बम प्रहार गरेको उक्त समूहको दोष बादललाई बोकाउँदै प्रचण्डले आफूले गृहमन्त्री बनाएर गल्ती गरेको बताएका हुन् । प्रचण्ड निकट नेताहरु जहिल्यै पनि निर्णायक समयमा बादलले धोका दिने गरेको बताउने गरेका छन् । हुन पनि, संसद विघटनपछि बादल, तत्कालिन नेकपाको प्रचण्ड समूहलाई त्यागेर ओली समूहमा लागेका थिए । बाम एकता भंग भइसकेपछि पनि, जनयुद्ध लडेको पार्टी माओवादीमा एमालेबाट नफर्कने बरु सांसद पद त्याग्न तयार रहेको बादलले बताउने गरेका छन् । त्यसैले पनि बादलले आफूलाई धोका दिएको प्रचण्डले गुनासो गर्ने गरेका हुन् । जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डको बलियो सहयात्रीका रुपमा रहेका बादल आफूलाई प्रचण्डजस्तै चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाती ठान्थे ।

प्रचण्ड र बादलको सम्बन्ध जसरी पूरानो हो त्यसरी नै उनिहरुको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो । जनयुद्ध सुरु गर्दादेखि नै प्रचण्डको साथमा रहेका बादल, जनयुद्ध घोषणा गर्नुअघि प्रचण्ड र बादलबीच विवाद भएको थियो । पछि, रोल्पा र रुकुमसहित पश्चिम क्षेत्रको जिम्मेवारी सम्हालेर बसेका बादल ०५३ सालमा नैतिक पतनमा कारबाहीमा परेपछि पार्टीको जिम्मेवारीबाट त हटाइयो नै चिनियाँ कम्युनिष्ट पार्टीका षड्यन्त्रकारी नेता लिन प्याओसँग जोडेर उनलाई लिन प्याओवादी भएको आरोप लगाइयो । त्यसपछि प्रचण्ड र बादलको सम्बन्ध निकै बिग्रियो । तर ०५५ सालमा बादलमाथि लगाएको कारबाही फुकुवा भयो । ०६१ सालको रोल्पा फुन्टिवाङ बैठकअघि भारतको बैंङलोरमा बसेको माओवादी पोलिट्ब्युरो वैठकमा समेत प्रचण्ड र बादलबीचमा चर्को विवाद भएको थियो । पछि, ०६२ असोजमा रुकुमको चुनुवाङ बैठकमा बादलले आफू प्रचण्डमा विलय भएको घोषणा गरेपछि भने उनिहरु बीचको सम्बन्ध सामान्य बन्यो । त्यहि वैठकको निर्णयपछि माओवादी शान्तीपूर्ण राजनीतिमा आयो । शान्ति प्रक्रियासँगै ०६५ सालमा प्रचण्ड पार्टी अध्यक्ष र बादल महासचिव बने । पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले बहुमत पनि पायो । त्यसपछि बनेको सरकारको प्रधानमन्त्री प्रचण्ड भए भने र बादल रक्षामन्त्री भए । तर, प्रधानसेनापति काण्ड (कटवाल प्रकरण) मच्चियो । यही प्रकरणले दाहाल नेतृत्वको सरकारै ढल्यो । पछि, ०६८ सालको धोवीघाट गठबन्धनले प्रचण्डलाई पार्टीभित्र एक्ल्याइदियो । प्रचण्ड इतर नेताहरु मोहन वैद्य, बादल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ एकठाउँ उभिएपछि प्रचण्डको इच्छाविपरीत बाबुराम प्रधानमन्त्री बने । त्यतिबेला नेता वर्षमान पुनले प्रचण्डको साथ छोडेनन् ।

LS Auto

०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । ०६९ असारमा प्रचण्डलाई छोडेर मोहन वैद्य किरणले अर्को पार्टी बनाए । बादल वैद्य नेतृत्वको पार्टीको महासचिव बने । वैद्यसँग पनि उनको यात्रा लामो समयसम्म टिक्न सकेन । र बादल चारवर्षपछि २०७३ जेठमा बहुमत केन्द्रीय सदस्य लिएर प्रचण्ड नेतृत्वको एकिकृत माओवादीमा फर्किए । बादल आएपछि नाम बन्यो, नेकपा (माओवादी केन्द्र) । प्रचण्डले बादललाई फेरि आफूपछिको दोस्रो नेताको रुपमा उभ्याए । त्यसपछि राष्ट्रियसभाको सदस्य भएर बादल गृहमन्त्री बनेका थिए । प्रचण्डकै प्रस्तावमा पूर्वमाओवादी समूहबाट नेकपाको सरकारमा जानेको नेतृत्व बादलले गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटता बढ्दै जान थालेपछि बादलले प्रचण्डलाई ‘टेर्न’ छाडेका थिए ।

पार्टी विभाजनको अवस्थामा पुग्दा पनि बादलले प्रचण्ड छाडेर ओलीलाई साथ दिँदै एमालेमा प्रवेश गरे । यसरी वर्षौंको सम्बन्ध र उतारचढावपछि अहिले दुई तर्फ फर्किएका प्रचण्ड र बादलबीचको सम्बन्ध निकै चिसिएको छ । प्रचण्डले पूरानो कुरा सम्झँदै बादलले नै आफूमाथि बम प्रहार गरेको र त्यहि व्यक्तिलाई अघि बढाएर आफूले गृहमन्त्री बनाएकोमा आत्मालोचना गरेका छन् ।

 

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने
अन्तर्राष्ट्रिय

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान
अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.