×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

प्रचण्डलाई बम हान्ने को हो ? (भिडियो सहित)

२५ चैत्र २०७७

२५ चैत, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलको दोस्ती निकै पुरानो हो । चितवनको रामपुरस्थित कृषि क्याम्पस पढ्दादेखिका मित्र उनिहरु अहिले भने राजनीतिको विपरित ध्रुवमा छन् । दश वर्षे जनयुद्ध सँगै लडेका उनिहरु वर्षौं सरकारमा समेतसँगै रहे तर अहिले आएर उनिहरुबीच फाटो आएको छ । संसदीय राजनीतिमा आइसकेपछि चार वर्ष प्रचण्डको साथ छाडेका बादलले प्रचण्डमाथि नै बम प्रहार गरेको प्रचण्डको बुझाइ छ ।

०६९ असारमा प्रचण्ड नेतृत्वको माओवादी छाडेर जानेमा मोहन वैद्य किरणसँगै बादल पनि थिए । ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गर्दै निर्वाचन बिथोल्न अनेक प्रयास गरेको वैद्य नेतृत्वको माओवादी मै बादल पनि थिए । निर्वाचन विथोल्न देशका विभिन्न ठाउँमा बम प्रहार गरेको उक्त समूहको दोष बादललाई बोकाउँदै प्रचण्डले आफूले गृहमन्त्री बनाएर गल्ती गरेको बताएका हुन् । प्रचण्ड निकट नेताहरु जहिल्यै पनि निर्णायक समयमा बादलले धोका दिने गरेको बताउने गरेका छन् । हुन पनि, संसद विघटनपछि बादल, तत्कालिन नेकपाको प्रचण्ड समूहलाई त्यागेर ओली समूहमा लागेका थिए । बाम एकता भंग भइसकेपछि पनि, जनयुद्ध लडेको पार्टी माओवादीमा एमालेबाट नफर्कने बरु सांसद पद त्याग्न तयार रहेको बादलले बताउने गरेका छन् । त्यसैले पनि बादलले आफूलाई धोका दिएको प्रचण्डले गुनासो गर्ने गरेका हुन् । जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डको बलियो सहयात्रीका रुपमा रहेका बादल आफूलाई प्रचण्डजस्तै चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाती ठान्थे ।

Advertisement
Advertisement

प्रचण्ड र बादलको सम्बन्ध जसरी पूरानो हो त्यसरी नै उनिहरुको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो । जनयुद्ध सुरु गर्दादेखि नै प्रचण्डको साथमा रहेका बादल, जनयुद्ध घोषणा गर्नुअघि प्रचण्ड र बादलबीच विवाद भएको थियो । पछि, रोल्पा र रुकुमसहित पश्चिम क्षेत्रको जिम्मेवारी सम्हालेर बसेका बादल ०५३ सालमा नैतिक पतनमा कारबाहीमा परेपछि पार्टीको जिम्मेवारीबाट त हटाइयो नै चिनियाँ कम्युनिष्ट पार्टीका षड्यन्त्रकारी नेता लिन प्याओसँग जोडेर उनलाई लिन प्याओवादी भएको आरोप लगाइयो । त्यसपछि प्रचण्ड र बादलको सम्बन्ध निकै बिग्रियो । तर ०५५ सालमा बादलमाथि लगाएको कारबाही फुकुवा भयो । ०६१ सालको रोल्पा फुन्टिवाङ बैठकअघि भारतको बैंङलोरमा बसेको माओवादी पोलिट्ब्युरो वैठकमा समेत प्रचण्ड र बादलबीचमा चर्को विवाद भएको थियो । पछि, ०६२ असोजमा रुकुमको चुनुवाङ बैठकमा बादलले आफू प्रचण्डमा विलय भएको घोषणा गरेपछि भने उनिहरु बीचको सम्बन्ध सामान्य बन्यो । त्यहि वैठकको निर्णयपछि माओवादी शान्तीपूर्ण राजनीतिमा आयो । शान्ति प्रक्रियासँगै ०६५ सालमा प्रचण्ड पार्टी अध्यक्ष र बादल महासचिव बने । पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले बहुमत पनि पायो । त्यसपछि बनेको सरकारको प्रधानमन्त्री प्रचण्ड भए भने र बादल रक्षामन्त्री भए । तर, प्रधानसेनापति काण्ड (कटवाल प्रकरण) मच्चियो । यही प्रकरणले दाहाल नेतृत्वको सरकारै ढल्यो । पछि, ०६८ सालको धोवीघाट गठबन्धनले प्रचण्डलाई पार्टीभित्र एक्ल्याइदियो । प्रचण्ड इतर नेताहरु मोहन वैद्य, बादल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ एकठाउँ उभिएपछि प्रचण्डको इच्छाविपरीत बाबुराम प्रधानमन्त्री बने । त्यतिबेला नेता वर्षमान पुनले प्रचण्डको साथ छोडेनन् ।

०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । ०६९ असारमा प्रचण्डलाई छोडेर मोहन वैद्य किरणले अर्को पार्टी बनाए । बादल वैद्य नेतृत्वको पार्टीको महासचिव बने । वैद्यसँग पनि उनको यात्रा लामो समयसम्म टिक्न सकेन । र बादल चारवर्षपछि २०७३ जेठमा बहुमत केन्द्रीय सदस्य लिएर प्रचण्ड नेतृत्वको एकिकृत माओवादीमा फर्किए । बादल आएपछि नाम बन्यो, नेकपा (माओवादी केन्द्र) । प्रचण्डले बादललाई फेरि आफूपछिको दोस्रो नेताको रुपमा उभ्याए । त्यसपछि राष्ट्रियसभाको सदस्य भएर बादल गृहमन्त्री बनेका थिए । प्रचण्डकै प्रस्तावमा पूर्वमाओवादी समूहबाट नेकपाको सरकारमा जानेको नेतृत्व बादलले गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटता बढ्दै जान थालेपछि बादलले प्रचण्डलाई ‘टेर्न’ छाडेका थिए ।

पार्टी विभाजनको अवस्थामा पुग्दा पनि बादलले प्रचण्ड छाडेर ओलीलाई साथ दिँदै एमालेमा प्रवेश गरे । यसरी वर्षौंको सम्बन्ध र उतारचढावपछि अहिले दुई तर्फ फर्किएका प्रचण्ड र बादलबीचको सम्बन्ध निकै चिसिएको छ । प्रचण्डले पूरानो कुरा सम्झँदै बादलले नै आफूमाथि बम प्रहार गरेको र त्यहि व्यक्तिलाई अघि बढाएर आफूले गृहमन्त्री बनाएकोमा आत्मालोचना गरेका छन् ।

Advertisement

 

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top