भारत तस्करी हुन लागेको एक क्विन्टल बढी मरिच बरामद

३ असार ७५, आइतबार

विराटनगर, असार ३

Advertisement

प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जबाट भारत तस्करी हुन लागेका एक क्विन्टल दुई सय पचास किलो मरिच बरामद गरेको छ।

स्थानीय सिताराम मेहताले घरबाट अवैध रुपमा राखिएको २५ बोरा मरिच भन्सार छलेर भारततर्फ तस्करी गर्न लागेको भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय देवागञ्जको टोलीले उनको घरबाट मरिचका बोरा फेला पारेको हो।

Advertisement

बरामद मरिचका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यता सुनसरीको इटहरी उपमहानगरपालिका ३ स्थित बुढिखोलाबाट अवैध रुपमा गिट्टी बालुवा चोरी निकासी गर्दै गरेका पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीका लागी पठाएका छन।

Advertisement

खोलाबाट गिट्टी बालुवा दोहन गर्दै गरेका को।२ त ७१४७, को २ त ७६००, को २ त ३१२०, को २ त ५७२० र को २ त ६८६८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समितिको कार्यालय ईनरुवामा बुझाईएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top