गण्डकी सरकारको बहुप्रतिक्षित योजना कागजमै समिति

२९ चैत, काठमाडौँ । गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ ।

सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भए पनि हालसम्म टेण्डर प्रकृया कहिले अघि बढ्ने भन्ने नै एकिन भएको छैन ।

गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना केवल योजनामा मात्रै सिमित भएको छ ।

Advertisement

रंगशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार भइसकेको भएपनि निर्माणका लागि हालसम्म टेण्डर प्रक्रिया समेत प्रारम्भ नहुँदा सो योजना अलपत्र परेको हो ।

रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा संघ सरकारबाट प्राप्त भइसकेको छ । १८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसिय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न सात वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ ।

Advertisement

मैदानमा सात वटा पिच, भिभिआइपी, भिआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ । सो क्रिक्रेट रंगशाला पोखराको मुख्य बजार देखि १० किलोमीटरको दुरीमा पर्दछ ।

पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ । प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

यद्यपी हालसम्म काम शुरु नहुँदा योजना सम्पन्न हुनेमा नै आशंकाहरु उब्जिएका छन् । तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रकम समेत विनियोजन गरिसकेका कारण केही समयमा नै टेन्डरमा जाने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ ।

रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र सोको संरक्षणका लागि छुट्टै डिपिआर आवश्यक पर्ने देखिए पछि रंगशाला निर्माण कार्य नै रोकिएको छ ।

आर्थिक वर्ष सकिन तिन महिना मात्रै बाँकी रहँदा सरकारले रंगशाला निर्माण शहरी विकास तथा भवन शाखा मार्फत बनाउन अर्थ मन्त्रालयलाई सहमतिका लागि पहल भैइरहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखाका सचिब विनोदबहादुर कुँवरले बताए ।

रंगशाला निर्माण कार्य रोकिइरहँदा सरकारले भने गतवर्ष तयार गरेको रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निक्र्यौल नहुदाँ रंगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको बताएको छ ।

रंगशाला निर्माणको काममा देखा परेका समस्या र अवरोधहरुलाई पन्छाउँदै तुरुन्त निर्माण कार्य आरम्भ गर्नु आवश्यक छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top