नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने, निर्यात क्षमता ११ खर्ब पुग्ने

३० चैत ७७, मंगलबार

३१ चैत, काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।

नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै विश्व बैंकले हालभन्दा १२ गुणा निर्यात हुन सक्ने उल्लेख गरेको हो ।

२० वर्षअघिसम्म निर्यात स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किँदै गएको उल्लेख छ । खस्किँदो निर्यात बढाएर अर्थतन्त्र गतिशील बनाउन नेपालले बलियो पहलकदमी नलिएको प्रतिवेदनमा औंल्याएको छ ।

Advertisement

सामाजिक दूरी मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षासहित आर्थिक वर्ष २०७७÷७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने प्रतिवेदनमा ठहर गरिएको छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियामा ४० वर्षपछि पहिलोपटक सबैभन्दा धेरै आर्थिक संकुचन देखिएको छ । कोभिडपछि नेपाली अर्थतन्त्र निरन्तर खुकुलो गर्दै लगिएको, सामाजिक दूरी मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य हुनु सकारात्मक भएको बैंकको भनाइ छ ।

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलतामा कारण कृषि उत्पादनसमेत राम्रो हुने अपेक्षा बैंकको छ ।

नेपालको उपयोग गर्न सक्ने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब रुपैयाँबराबर रहेको विश्व बैंकले नेपाल विकास अपडेटमा उल्लेख गरेको छ । यो जारी वार्षिक निर्यात व्यापारको १२ गुणा हो ।

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा नेपाल विकास अपडेट प्रमुख डा. केने इजेमेनारीका अनुसार निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top