×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

प्रधानमन्त्रीले सुनाए भष्मासुरको कथा

३० चैत्र २०७७

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको बताएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक प्रदेशमा सरकार परिर्वतनका खेल भईरहेको र त्यो खेलमा संघीयताको माला जप्नेहरुनै लगाएको बताएका हुन् । उनले अग्रगामी शक्ति विरुद्ध दक्षिणपन्थी, वामपन्थी, अतिवादी लगायत सबै प्रकारका गठबन्धनहरु लागेको टिप्पणी गरे । यस्तो अपवित्र गठबन्धन जसरी हुन्छ मुलुकमा द्धेष, घृणा र फाटो बढाएर विभिन्न किसिमका आतंक मच्चाउने काममा लागेको दाबी उनले गरे । उनले भने “अपवित्र गठबन्धन अग्रगामी शक्ति विरुद्धको गठबन्धन , दक्षिणपन्थी र वामपन्थी ,अतिवादी लगायत सबै प्रकारका अपवित्र गठबन्धन गरेर अस्थिरता ल्याउने । स्थिरता हुन नदिने । द्धेष फैलाउने, घृणा फैलाउने । फाटो बढाउने, अनेकता मच्चाउने काम मात्रै भएका छन् । ”

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले अपवित्र गठबन्धन कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने अभियानमा लागेको र आफुलाई “भित्तामा बनाएको मिथिला चित्र बनाउने” ढंगमा अघि बढेको टिप्पणी गरे । संघीयताको माला जपेर नथाक्नेहरु नै अहिले संघीयता प्रति जनतामा वितृष्णा फैलाउने काममा लागेको र जनतामा पनि संघीयता नचल्ने रहेछ कि भन्ने आशंका जन्मन थालेको तर्क उनले गरे । प्रधानमन्त्री ओलीले आफुले वामपन्थी आन्दोलनलाई एकजुट बनाउ हरंसंभव प्रयास गरेको उल्लेख गर्दे अहिले भष्मासुरको कथामा जस्तै आफैमाथि शक्तिको प्रयोग देखाउने काम भएको टिप्पणी गरे । उनले भने “महादेवले भष्मासुरलाई बरदान दिए जस्तै । मैले बहुमत दिएँ । मैले बहुमत दिएपछि खै यो बहुमतको प्रयोग गरेर टाउकोमा हात राखौ भनेर मैलाई साधारण सदस्य पनि नरहेने गरि पार्टीबाट निकालेको तपाईहरुले सुन्नुभयो होला नि । मैले नै अगुवाई गरेर पार्टी एकठाउँमा ल्याएँ । तर उनीहरुलाई चाहिएको रहेछ बहुमत । मलाई चाहिएको थियो एकता ।”

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top