NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु

मङ्लबार चैत्र ३१ , २०७७
Reading Time: 1 min read
A A
अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ चैत्र, बीबीसी ।
प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्।

२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो।

LS Auto

त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।

प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्।

त्यो दुर्घटना थियो

मिनसोटाका प्रहरी प्रमुख टीम गानन्‍ले उक्त घटना एउटा दुर्घटना भएको संवाददाताहरूलाई बताए।

उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन्। तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन्।

सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए।

उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ। त्यसपछि एकजना अधिकारीले टेजर, टेजर, टेजर भनेको सुनिन्छ।

ती भनेका एकखाले अचेत बनाउने बन्दुकबाट प्रहार गर्नुअघि भनिने शब्दहरू हुन् र त्यसलाई प्रहरीको सामान्य प्रक्रिया मानिन्छ।

त्यसपछि ती अश्वेत युवा राइट कारमा पस्छन् र कार गुडाउन थाल्छन्। त्यसबेला तिनै अधिकारीले मैले उसलाई गोली हाने भनेको भिडिओमा सुनिन्छ।

गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो। प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए।

गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ। सोही पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए।

प्रदर्शन र कर्फ्यु

राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन्।

सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयअघि धर्ना दिएका छन्।
रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ।

प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड हानेर प्रहरीले तितरबितर पारेको छ।

स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लुटपाट पनि मच्चिएको छ। मिनिआपोलिस र सेन्ट पलमा आइतवार र सोमवार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन्। तर उनले लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताए।

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.