अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु

३० चैत ७७, मंगलबार

३१ चैत्र, बीबीसी ।
प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्।

२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो।

Advertisement

त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।

प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्।

त्यो दुर्घटना थियो

मिनसोटाका प्रहरी प्रमुख टीम गानन्‍ले उक्त घटना एउटा दुर्घटना भएको संवाददाताहरूलाई बताए।

उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन्। तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन्।

सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए।

उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ। त्यसपछि एकजना अधिकारीले टेजर, टेजर, टेजर भनेको सुनिन्छ।

ती भनेका एकखाले अचेत बनाउने बन्दुकबाट प्रहार गर्नुअघि भनिने शब्दहरू हुन् र त्यसलाई प्रहरीको सामान्य प्रक्रिया मानिन्छ।

त्यसपछि ती अश्वेत युवा राइट कारमा पस्छन् र कार गुडाउन थाल्छन्। त्यसबेला तिनै अधिकारीले मैले उसलाई गोली हाने भनेको भिडिओमा सुनिन्छ।

गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो। प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए।

गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ। सोही पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए।

प्रदर्शन र कर्फ्यु

राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन्।

सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयअघि धर्ना दिएका छन्।
रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ।

प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड हानेर प्रहरीले तितरबितर पारेको छ।

स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लुटपाट पनि मच्चिएको छ। मिनिआपोलिस र सेन्ट पलमा आइतवार र सोमवार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन्। तर उनले लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top