दोलखाको बिगुमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

३१ चैत ७७, मंगलबार

३१ चैत्र, दोलखा ।

Advertisement

दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

सोमबार राति ११ बजेतिर बिगु गाउँपालिका–४ सिंगटीमा अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा अरु १८ जना घाइते भएको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिएका छन् ।

Advertisement

घाइते मध्ये १० महिनाको शिशु र अरु दुईजना सामान्य उपचारपछि घर फर्किएका छन् । एकजनाको चरिकोट र अरु १४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक कोइरालाले जनाएका छन् ।

घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर र अरु ९ जनाको अवस्था मध्यम रहेको छ ।

Advertisement

सिंगटीबाट लादुकका लागि छुटेको प्रदेश ०१–०२३ च ७५८० नम्बरको गाडी दुर्घटना हुँदा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षकी अजिता खत्री, ५२ वर्षकी राधा खड्का र २४ वर्षकी चन्दिका थापाको मृत्यु भएको हो ।

उनीहरु सबै सिंगटी गाउँका रहेको प्रहरी निरीक्षक कोइरालाले जनाएका छन् । उनीहरुको शव अहिले चरिकोट अस्पतालमा छ ।

घटनास्थल सदरमुकाम चरिकोटबाट झण्डै ४३ किलोमिटर पर पर्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top