४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई आजबाट चिनियाँ खोप लगाइँदै

३१ चैत ७७, मंगलबार
Share this
712shares

३१ चैत्र, विराटनगर ।
चैत्र २५ गतेदेखि कोरोनाविरुद्धको चिनियाँ खोप (भेरोसेल) १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएकोमा आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाईंदै छ ।

Advertisement

१८ देखि ५९ वर्ष उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ ।

Advertisement

चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ ।

पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।

Advertisement

यसैबीच, सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top