×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हठात प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानीः दलहरु

२ बैशाख २०७८

२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा रहेका दलहरुले हठात प्रदेशसभा अधिवेशन अन्त्य गर्न राजनीतिक बेइमानी भएको बताएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङ अविश्वासको प्रस्तावबाट धेरै भाग्न नसक्ने भन्दै उनीहरुले विशेष अधिवेशन बोलाउन समावेदन दिने संकेत गरेका छन् ।

Advertisement
Advertisement

नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले वैशाख १ को मध्यरातबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल यसलाई राजनीतिक बेइमानी मान्छन् । ‘सरकारलाई अधिवेशन अन्त्य गर्ने अधिकार छ ।

तर ६ गतेलाई बैठक बोलाइसकेको अस्वस्थामा जसरी प्रदेशसभाको अधिवेशन अन्त्य गरियो, यो राजनीतिक बेइमानी हो’ उनले भने, यो अलोकतान्त्रिक कदमको भर्त्सना गर्छौं ।’

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी ओलीकै नक्कल गरेको बताए । मुख्यमन्त्रीले सार्वजनिक रुपमा अविश्वासको प्रस्ताव फेस गर्छु भनेको स्मरण गर्दै उनले भने, ‘यसरी गर्नु हुन्थेन ।’

जसपा संसदीय दलका नेता हरिशरण आचार्यले पनि यो संसदीय प्रणालीको नैतिक मूल्यमान्यताको उपहास भएको बताए । उनले भने, ‘नैतिक हिसाबले अविश्वासको प्रस्ताव फेस गर्न सक्नुभएन । राजनीतिक रुपमा हारको मानसिकता हो ।’

विशेष अधिवेशन बोलाउन समावेदन दिने कि नियमित अधिवेशन कुर्ने भन्ने विषयमा छलफल गर्न सरकार गठनमा सहमत चार दलको बैठक अहिले बसिरहेको छ । माओवादी केन्द्रका संसदीय दलका नेता चुमानले पनि समावेदन दिनसक्ने बताए ।

Advertisement

संविधानको धारा १८३ (३) मा प्रदेशसभाको एक चौथाइ सदस्यले अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले बैठकको मिति र समय तोक्न सक्ने व्यवस्था छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top