×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

आफ्ना नागरिकलाई तत्काल पाकिस्तान छाड्न फ्रान्सको आग्रह

३ बैशाख २०७८

३ वैशाख, एजेन्सी ।
पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्कालका लागि देश छाड्न फ्रान्सले आग्रह गरेको छ ।

पछिल्लो समय पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्केपछि फ्रान्सले यस्तो आदेश जारी गरेको हो । समाचार संस्था एपएफपीलाई पाकिस्तानस्थित फ्रान्सेली दूतावासबाट प्राप्त इमेलमा ‘पाकिस्तानमा फ्रान्सेली स्वार्थमाथि गम्भीर खतरा’ रहेको उल्लेख गरिएको छ ।

Advertisement

फ्रान्सको एक म्यागजिनले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको कार्टुनलाई पुनः प्रकाशित गरेपछि पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्केको हो ।

पछिल्ला प्रदर्शनहरूका क्रममा भएका झडपमा कम्तीमा २ जना प्रहरी अधिकारीको ज्यान गएको पाकिस्तानी सञ्‍चार माध्यमले जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले ‘कार्टुन प्रकाशन गर्नु म्यागजिनको अधिकार’ भएको बताएपछि पाकिस्तानस्थित इस्लामिक कट्टरपन्थी समूहले प्रदर्शन चर्काएका हुन् ।

इस्लाममा पैगम्बर मोहम्मदको कुनै प्रकारको मूर्ति वा चित्र बनाउनुलाई सबैभन्दा गम्भीर अपराधका रूपमा लिइन्छ । यसलाई पैगम्बरको अपमान र इस्लामविरोधी कृत्यका रूपमा लिइएको छ ।

मुस्लिम कट्टरपन्थी दल तेहरिक–ए–लबैक (टीएलपी) का नेता खादिम हुसेन रिज्भीलाई गत साता पक्राउ गरिएपछि प्रदर्शन झन् चर्केको हो । फ्रान्सका राजदूतलाई निष्कासन गनुपर्ने माग गरेपछि उनी पक्राउ परेका हुन् ।

रिज्भीको पक्राउसँगै टीएलपीलाई प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको निर्णयपछि सडकमा उत्रेका उनका सयौं समर्थकले हिंसा मच्चाएका छन् । प्रदर्शनकारीलाई भगाउन प्रहरीले रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा प्रयोग गरेका छन् ।

पाकिस्तानको संघीय सरकारका गृहमन्त्री शेख रसिदले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पन्जाब सरकारले प्रतिआतंकवाद कानुनअनुसार टीएलपीमाथि प्रतिबन्ध लगाउन गरेको सुझाव सदर गरेको जनाएका छन् ।

उनले टीएलपी भंग गर्ने विषयमा शुक्रबार विस्तृत जानकारी सार्वजनिक गरिने पनि बताए । पछिल्ला प्रदर्शनहरूमा ५ सय ८० जना प्रहरी घाइते भएका र ३० वटा कारहरू ध्वस्त गरिएको रसिदले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै धार्मिक मामिलामन्त्री नुरुल हक क्वाद्रीले ‘टीएलपीलाई मूलधारको राजनीतिमा ल्याउने आफूले दुई वर्षसम्म प्रयास गरेको’ बताए ।

माग सम्बोधन गर्ने विषयमा सरकारले इमानदारी देखाएपछि टीएलपी गम्भीर नभएको उनको आरोप छ ।

यसअघि पाकिस्तान सरकारले फ्रान्समा उत्पादित वस्तुहरू आयात नगर्ने सहमति जनाएपछि टीएलपीले अस्थायी रूपमा प्रदर्शन रोकेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फ्रान्सका राष्ट्रपति म्याक्रोंको आलोचना गरे पनि फ्रान्सका सामान आयात रोक्न विषयमा कुनै सहमति नभएको बताएका छन् ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top