×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

महाकुम्भमा सहभागि महामण्डलेश्वरको कोरोनाका कारण मृत्यु

४ बैशाख २०७८

४ वैशाख, एजेन्सी ।
हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी महानिर्वाणी अखडाका महामण्डलेश्वर स्वामी कपिल देवको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

मेला क्षेत्रमा कोभिड–१९ का कारण मृत्यु हुने स्वामी कपिल देव पहिलो साधु रहेको मेला आयोजक समितिलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चित्रकूटका बस्ने स्वामी कपिल देवको उमेर ६५–७० वर्ष रहेको बताइन्छ।

Advertisement

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला कुम्भ मेलामा सहभागी झण्डै दुई हजारजनामा संक्रमण पुष्टि भएको छ। यहिबिचमा निरञ्जनी अखडाले कुम्भ मेलाबाट बाहिर जाने निर्णय गरेको खबर आइरहेको छ।

तर अखडा परिषद्का महामन्त्री हरि गिरीले सो खबर गलत रहेको बताएका छन्। समाचार संस्था पिटिआईका अनुसार निरञ्जनी अखडाका सचिव रविन्दर पुरीले जारी गरेको बयानमा भनिएको छ, ‘१४ अप्रिलमा संक्रान्तिको अवसरमा भएको मुख्य स्नान सकिएको छ।

हाम्रो अखडाका धेरै व्यक्तिमा कोभिड–१९ को लक्षण छ। त्यसैले हाम्रा लागि कुम्भ मेला सकियो।’ तर महामन्त्री हरि गिरीले खबर सत्य नरहेको दाबी गरेका छन्।

उनले बिबिसीसँग भनेका छन्, ‘निरञ्जनी अखडा बाहिरियो भन्ने खबर पूर्ण रुपमा गलत हो। यहाँ कयौँ सय साधु छन्। निरञ्जनी अखडाका केही महात्मा पक्कै पनि भन्न सक्छन् कि उनीहरु जाँदै छन्। तर अखडा पूरै मेला छोडेर जाँदैन। महात्मा आउँछन् जान्छन्।’

पछिल्लो परिस्थितिबारे छलफलका लागि अखडाहरुको बैठक हुने उनले बताएका छन्। तर मेला अधिकारी रामजी शरण शर्माले भने निरञ्जनी अखडा मेलाबाट बाहिर गएको पुष्टि गर्दै त्यसको स्वागत गरेका छन्। बाँकी अखडा पनि बिस्तारै मेलाबाट बाहिर जाने अपेक्षा रहेको उनले बताए।

यसैबिच अखडा परिषदका अध्यक्ष महन्त नरेन्द्र गिरी कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा छन्। कुम्भ मेलामा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर चिन्ता बढ्दै गएको छ।

हरिद्वारका प्रमुख स्वास्थ्य अधिकारी डा. एसके झाका अनुसार १०–१४ अप्रिलको बिचमा कुम्भ मेला क्षेत्रमा १६ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसमध्ये ३५ जना साधु हुन्। मेला क्षेत्रमा संक्रमण दर ०.२९ प्रतिशत छ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top