×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन, कुल लक्ष्यको ६७.९६ प्रतिशत

६ बैशाख २०७८

६ वैशाख, काठमाडौँ । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो ।

सरकारले चालू आव २०७७–७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

Advertisement
Advertisement

सरकारले आइतबारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

गैरकरतर्फ भने ४७.९२ प्रतिशत मात्र राजस्व उठेको छ । ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्यमध्ये र ४७ अर्ब ३५ करोड ३ लाख राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७७–७८ को गत फागुनसम्ममा संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको थियो ।

चालू आवको फागुनसम्ममा भन्सार महसुलमा २४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयकरको संकलनमा ५.४ प्रतिशतले कमी आएको थियो ।

सो अवधिसम्ममा गैरकर, आयकर र अन्य कर संकलनमा क्रमशः ११.७ प्रतिशत, ५.४ प्रतिशत र १.१ प्रतिशतले कमी आएको थियो भने अन्य शीर्षकको कर संकलनमा वृद्धि भएको थियो ।

Advertisement
Advertisement

आजको राजधानी दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top