विराटनगर,असार ५
नेपालको राष्ट्रिय झन्डासहित फुटबल महाकुम्भ विश्वकप फुटबल हेर्न रुस पुगेका नेपाली युवाहरु विश्वका धेरै देशका फुटबल प्रशंसकका लागि आर्कषणको केन्द्र बनेका छन ।
१२ जनाको संख्यामा विराटनगरबाट फुटबल हेर्नका लागि रुस पुगेको नेपाली टोली उनीहरुले लगाएको ढाका टोपी र नेपालको राष्ट्रिय झन्डाका कारण सबैको आकर्षण बनेका हुन ।
उनीहरुले केहि दिन अगाडिको ब्राजिल र स्विजरल्याण्डबिचको खेल हेरेका थिए । नेपाली राष्ट्रिय झण्डा बोकेर उनीहरु खेल मैदानमा प्रवेश गर्दा धेरै दर्शकका आँखा उनीहरुमाझ अडिएका थिए । रुसका विभिन्न रंगशालामा चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराउँदै विश्वकपको पास भिरेका धेरै युवा विदेशीमाझ आफै रमिरहेका थिए ।
विश्वकप फुटबलको कुम्भ मेलाको मोहले उनीहरुलाई रंगशालासम्मै पु¥याएको थियो । फुटबलका पारखी मध्येका एक हुन विराटनगरका मीनकुमार नबोदित । उनलाई विश्वकप फुटबल एकपटक रंगशालामै पुगेर हेर्ने ठूलो इच्छा थियो । जुन यसवर्ष उनले पूरा गरेका छन ।
यसअघिका विश्वकप टेलिभिजनमै हेरेका उनी आफूले मन पराएको टिम ब्राजिलको खेल हेर्न यसवर्ष रुस पुगेका हुन । राष्ट्रिय झण्डा फहराउँदै विश्वकप रंगशालामा उपस्थित हुदा धेरैको ध्यान उनी र नेपालको झन्डामै केन्द्रित भएको उनले सुनाएका छन ।
उनले नेपाली ढाका टोपी सहित मैदानमा खेल हेरिरहदा खेलसँगै आफूहरुलाई हेर्नेको सख्यामा पनि कमी नआएको बताएका छन ।
खेलपछि र अघि विश्वमै फरक रहेको त्रिकोणात्मक राष्ट्रिय झन्डाका साथमा फोटो र सेल्फी लिनेहरुको भिड्नै लागेको मीनले अनुभव सुनाए ।