विराटनगर,असार ५
सुनसरीको इटहरीमा आज विहान बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
गस्तीको क्रममा ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले इटहरी उपमहानगरपालिको दीपेन्द्र चौकस्थित सडक पेटीमा अन्दाजी ४० बर्षीय पुरुष मृत अवस्थामा फेला पारेको हो ।
प्रहरीले मृत शरीर नजिकै बोरामा जीवित अवस्थाको एउटा बिषालु सर्प समेत बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिबकुमार श्रेष्ठले जानकारी दिए ।
सो ब्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने एकिन नभएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान हुन सकेको छैन ।