×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

हिमालबाट ३५ टन फोहोर सङ्कलनको लक्ष्य

८ बैशाख २०७८

८ वैशाख, काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथासहित नेपालका छवटा हिमाल सफा गर्न गएको टोली आधार शिविर व्यवस्थापनमा जुटेको छ ।

चैत ३१ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले हिमाल सफाइमा जाने टोलीलाई राष्ट्रिय झण्डा र ब्यानर हस्तान्तरण गरेपछि चारवटा टिममा विभाजित भएर टोली गन्तव्यतर्फ लागेको थियो ।

Advertisement
Advertisement

टोलीका सदस्यहरू बेस क्याम्प नजिकै पुगेर व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार सर्वोच्च शिखर सगरमाथा, पुमोरी हिमाल, ल्होत्से हिमालको फोहोर सफा गर्ने टोलीका सदस्य वैशाख ६ गते सोमबार पासाङल्ह्यामु गाउँपालिकाको डिङ्बोचे भन्ने स्थानमा पुगेको हो ।

आआफ्ना बेस क्याम्पका लागि आवश्यक सरसामग्रीको व्यवस्थापन र टेन्ट क्याम्प स्थापना गर्न टोलीका सदस्यहरू जुटेका छन् । सफाइ टोलीमा नेपाली सेनाका ४३ जना र स्थानीय शेर्पा समुदायका ६९ जना समावेश छन् ।

नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न छवटा हिमालबाट यस वर्ष ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य छ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मात्र तीन सयभन्दा बढी आरोहीको शव रहेको अनुमान गरिएको छ । साथै त्यस क्षेत्रमा सोसहित १४ हजार टन फोहोर रहेको नेपाली सेनाले जनाएको छ ।

Advertisement
Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top