देवकोटाको अन्तिम विदाई (फोटो फिचर)

काठमाडौं, असार ५
दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाई गरेका छन । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल प्रांगणमा राखिएको डा. देवकोटाको पार्थिव शरीररमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

हिजोसाँझ सोही अस्पतालमा उपचारको क्रममा निधन भएका डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

Advertisement

स्वर्गीय देवकोटाको शरीरमा नेपाली ढाका टोपी लगाइएको छ । डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

Advertisement

स्वर्गीय डा. देवकोटाको पार्थिक शरीरलाई केहीबेरपछि पशुपति आर्यघाटमा विद्युतीय माध्यामबाट शव दाह गरिनेछ । देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन् ।

काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्केका थिए ।

डा. देवकोटाकै इच्छा अनुसार गत हप्ता उनलाई गोर्खास्थित आफ्नो जन्मघरमा लगिएको थियो । स्वास्थ्य मन्त्री समेत भईसकेका स्वर्गीय डा. देवकोटा चर्चित नशारोग विशेषज्ञ थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top