×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

बेल्ट एन्ड रोडसँग जोडिएको दुई सम्झौता अस्ट्रेलियाद्वारा रद्द; चीनको आपत्ति

९ बैशाख २०७८

९ वैशाख, एजेन्सी । अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिशिएटिभ अर्थात् ‘वान बेल्ट, वान रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ ।

बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गरेकी थिइन् तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो ।

Advertisement
Advertisement

अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द गर्ने सक्ने भिटो पावर दिइएको थियो । अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले एक विज्ञप्ति निकाल्दै सम्झौता रद्द हुनुको पछाडि विदेश नीति रहेको बताएकी छन् ।

यो निर्णय बुधवार सार्वजनिक हुनुअघि चीनले यसमा आपत्ति जनाएको थियो ।

अस्ट्रेलियामा रहेको चिनियाँ दूतावासले यस कदमलाई ‘चीनविरुद्ध अस्ट्रेलियाले उठाएको एक अर्काे अनुचित र उत्तेजक कदम’ भएको बताएको थियो । चिनियाँ दूतावासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘चीन–अस्ट्रेलिया सम्बन्ध सुमधुर बनाउन अस्ट्रेलिया सरकारले कुनै इमानदारी नदेखाएको देखिन्छ ।’

अस्ट्रेलियाको यो कदम द्विपक्षीय सम्बन्धलाई हानी पुर्याउने र आफैँलाई क्षति पुर्याएर समाप्त हुने चिनियाँ दूतावासले बताएको छ । सन् २०१८ मा अस्ट्रेलियाले चीनको प्राविधिक कम्पनी हुवावेमाथि फाइभ जी नेटवर्कको लागि प्रतिबन्ध लगाएपछि यी दुई देशको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

यस्तो प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश थियो र त्यसपछि धेरै पश्चिमी देशले यस्तो निर्णय लिएका थिए ।

चीनले यस विशाल परियोजनालाई ऐतिहासिक ‘सिल्क रुट’ को आधुनिक अवतार बताउँदै आएको छ । सिल्क रुट मध्ययुगमा त्यो बाटो थियो, जसले चीनलाई युरोप एसियाको बाँकी देशसँग जोड्थ्यो। यही माध्यमबाट विभिन्न देशमा कारोबार हुन्थ्यो ।

Advertisement
Advertisement

अहिले चीन उही ढाँचामा विश्वमा सडक, रेलवे लाइन र समुद्री बाटोको मार्गचित्र कोर्न चाहन्छ, जसको माध्यमबाट विश्वभर सहज रुपमा कारोबार गर्न चाहन्छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top