×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

शेरधन राई–बालिका खड्का विवादमा जाङ्मु शेर्पाको प्रवेश (भिडियो सहित)

१० बैशाख २०७८

१० वैशाख, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सार्वजनिक स्थानमा,सार्वजनिक रुपमा अपशब्द बोल्ने बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको भिडियो बिहिबार भाइरल भयो ।

नेकपा एमालेको कार्यालयमा मुख्यमन्त्री राईलाई उनकै अगाडी तथानाम गरेको भिडियो हेरेर पक्ष र विपक्षमा धारणाहरु व्यक्त गरिए । सामाजिक संजालमा यो भिडियो तातिएसँगै यसको राप राजनीतिसम्म पुगेको छ । खासगरी, मुख्यमन्त्री राईले यौनहिंसा गरेको दाबी गर्ने खड्का र मुख्यमन्त्री राई, दुवैले समर्थनसँगै आलोचना पनि पाए । मुख्यमन्त्री राई र खड्काबीचको विवाद निकै लामो समयदेखि चल्दै आएको विषय हो । मुख्यमन्त्री राई विरुद्ध यौन उत्पिडनको दाबी गर्ने खड्काले अंश मुद्धा दायर गरेर, गल्ती भएको भन्दै पछि फिर्ता पनि लिएकी थिइन् । अदालतमा पुगिसकेको मुद्धा फिर्ता लिने बालिका अहिले आएर फेरि राईविरुद्ध असभ्य, अमर्यादित र अशोभनीय शब्दवाण चलाउदै आगो वकली रहेकी छन् । विषय ब्यक्तिगत भएपनि सार्वजनिक पदमा आसिन मुख्यमन्त्री राईमाथि फेरी पनि सार्वजनिक मञ्चमा यस्तो घटना भएपछि भने अधिकांशले सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राखेका छन् । यहि क्रममा मुख्मन्त्री राईकी श्रीमती जाङ्मु शेर्पाले मुख्यमन्त्री राईको बचाउ गरेकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै शेर्पाले खड्काले मुख्यमन्त्रीविरुद्ध दायर गरेको मुद्धा फिर्ता लिएको र माफी मागेको पत्र समेत सार्वजनिक गरिदिएकी छिन् । शेर्पाले फेसबुकमा लेखेकी छिन्–मेरो श्रीमान बिरुद्व बिगत लामो समय देखि वहाँको चरित्र हत्या मात्र होइन, वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा म राम्रो जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको बिरुद्व बोल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दोष बिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दुखद छ ! मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु !

Advertisement
Advertisement

मुख्यमन्त्री राई विरुद्ध खड्काले आफूमाथि यौन दुव्र्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गरेकी थिइन् । पछि खड्काले फिर्ता लिएको उक्त मुद्धाको कागजपत्र, मुख्यमन्त्री राई की श्रीमती शेर्पाले सार्वजनिक गरेकी छिन् । उक्त मुद्धा फिर्ता लिँदा खड्काले आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको बताएकी थिइन् । मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिक रुपमै लगाउँदै आएकी खड्काले मुद्धा फिर्ता लिँदा अदालतमा पेश गरेको कागजमा लेखिएको छ, ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।’ यस्तै मुद्धा फिर्ता लिइसकेपछि खड्काले तत्कालिन नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल समक्ष समेत माफी माग्दै आफूले लगाएको आरोप झुटा भएको बताएकी थिइन् । सो पत्र समेत सार्वजनिक गर्दै शेर्पाले लेखेकी छिन्–मैले अरुको उक्साहटमा वहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियोजीत, प्रायोजीत ढंगबाट अरु कुनै केही गल्ति कमजोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ !

मुख्यमन्त्री राईले पनि आफूमाथि सुनुयोजित षड्यन्त्र गरिएको भन्दै खड्काको दाबी झुटो भएको पटक पटक बताउँदै आएका छन् । तर बिहिबार थापाथलीस्थित नेकपा एमालेको नयाँ कार्यालय पुगेकी खड्काले मुख्यमन्त्री राई कै अगाडी अपशब्द प्रयोग गर्दै गालीगलौज गरेकी थिइन् । मुख्यमन्त्री राईले यौन शोषण गरेर आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै उनले आफूले न्याय पाउनुपर्ने बताइन् । सार्वजनिक स्थानमा यसरी नै अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनलाई पटक पटक पक्राउ गरिसकेको छ । बालिका खड्का दोलखा, कालिञ्चोक–४ की युवती हुन् । प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेकी, तत्कालीन नेकपा एमाले युवा संघको निर्वाचित केन्द्रीय सदस्य खड्काले मुख्यमन्त्री राईलाई पति भन्दै आफूलाई धोका दिएको बताउने गर्छिन् । राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट हुँदा नजिकिएको र पछि राईसँग ‘लिभिङ टुगेदर’ मा बसेको खड्काको जिकिर छ ।

Advertisement

 

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top